उपकुलपति जोशी भारतको दिल्लीमा सम्मानित

धनगढी । सूदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीलाई भारतको राजधानी दिल्लीमा आयोजित एक भव्य समारोहमा सम्मानित गरिएको छ।

नेपाल भारत सांस्कृतिक सम्बन्ध र धर्म संस्कृतिको संरक्षणमा पुर्याएको योगदानका लागि उपकुलपति जोशीलाई सम्मानित गरिएको हो। पशुपति अखाडा पीताम्बरा मठको उदघाटन समारोहमा जगद्गुरू शंकराचार्य त्रिकाल भवन्ता सरस्वती, कल्की पीठाधिश्वर आचार्य प्रमोद
र विश्वगुरू ब्रम्हर्षि डा. गौरी शंकराचार्य महाराजले संयुक्त रूपमा उपकुलपति जोशीलाई अभिनन्दित गरेका थिए।

Navadurga sun

हजारौं धर्म गुरुहरूको सहभागिता रहेको समारोहमा ब्रम्हर्षि विश्वगुरू डा। गौरीशंकराचार्यको संकल्पमा स्थापित पशुपति अखाडा पीताम्बरा मठको जगद्गुरू शंकराचार्यले उदघाटन गरेका थिए ।

नेपालको सूदूरपश्चिम डोटीमा जन्मेर बिगत चालिस वर्षदेखि भारतको दिल्लीमा रहेर सनातन धर्मको प्रचार–प्रसार र सम्बर्द्धनमा सकृय डा। गौरीशंकराचार्यले आराध्यदेव भगवान पशुपतिनाथको महिमालाई विश्व समुदायमा फैलाउन पशुपति अखाडाको स्थापना गर्ने कार्यलाई प्रशंसनीय कार्यको रूपमा हेरिएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...