पदयात्रा प्रतियोगिताका विजेता सार्कीलाई एक लाख पुरस्कार

कैलाली । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कैलालीमा बिहीवार सम्पन्न चिसापानी–धुलिकोट पदयात्रा प्रतियोगितामा दिनेशबहादुर सार्की प्रथम भएका छन्। नवलसिंह रावल फाउण्डेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा विजयी सार्कीले पुरस्कारस्वरुप एक लाख प्राप्त गरे। सार्की मोहोन्याल गाउँपालिका–५ का वडा सदस्यसमेत हुन्।
Ganyapdhura gau
Navadurga sun
Godawari sandesh
Dadeldhura hospital
फाउण्डेसनका अनुसार दोस्रो हुने ढकारी गाउँपालिका–६ का वडा सदस्य नवराज नेपालीले ५० हजार प्राप्त गरे भने तेस्रो हुने रामारोशन गाउँपालिकाका–५ का वडा सदस्य दलबहादुर रोकायाले २५ हजार प्राप्त गरे।  महिलातर्फ मोहन्याल गाउँपालिका–३ का वडा सदस्य नानी दमाईं पहिलो, लम्कीचुहा–८ का वडा सदस्य दुर्गादेवी जोशी दोस्रो र लम्किचुहा नगरपालिकाका प्रमुख सुशीला शाही तेस्रो भइन्। उनीहरुले क्रमशः एक लाख, ५० हजार र २५ हजार प्राप्त गरे।
प्रतियोगिता उद्घाटन गर्दैै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन प्रबद्र्धनका लागि गरिएको पदयात्रा ऐतिहासिक भएको बताए। यस प्रतियोगितामार्फत सरकारी निजी क्षेत्र र स्थानीयको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्न सकिने सन्देश प्रवाह भएको उनको भनाइ थियो। फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले ओझेलमा परेका पर्यटकीय गन्तव्यको संरक्षण तथा प्रवद्र्धनका लागि पदयात्रा प्रतियोगिताको आयोजना गरिएको बताए।
Loading...