जिफन्ट सुदूरपश्चिमद्वारा आयोजित अन्तरराष्ट्रिय श्रमिक दिवस सम्पन्न

धनगढी- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिमले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै जिफन्टले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्लको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सहकारी प्रर्वद्धन कमिटीका केन्द्रिय संयोजक तथा नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बम रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले श्रमिक दिवसका अवसरमा विगतदेखि नै विभिन्न कार्यक्रमहरू जिफन्टले गर्दै आएको बताए । उनले विगतका वर्षहरूमा रक्तदान, र्याली लगायतका कार्यक्रमहरू धनगढीमा गरिदै आएकोमा यस वर्ष अत्तरियामा कृषि श्रमिकहरूको पनि कार्यक्रम रहेकाले श्रमिक दिवस यहाँ मनाइएको बताए । उनले मजदुरहरूका लागि सुदूरपश्चिमबाटै ऐक्यवद्धता कोष सुरु गरिएको बताए ।

कार्यक्रममा जिफन्ट सुदूरपश्चिमका अध्यक्ष मल्लले जिफन्ट श्रमिकहरूका हकहितका लागि गठन गरिएको बताए । उनले सबै श्रमिकहरूलाई संगठनमा आवद्ध हुन आग्रह गरे । उनले जिफन्टले श्रमिकहरूका लागि विभिन्न कामहरु गर्दै आएको बताए ।

Loading...