अपांगता भएकी बोहरालाई घरमै अपंगता परिचयपत्र

डोटी- बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौ घर भएकी ईसरा बोहराले २३ वर्षपछि अपंगता परिचयपत्र पाएपछि जीवनभरिको खुसी थपिएको बताएकी छन् ।

बुधबार गाउँपालिकाकी उपाध्यक्ष विष्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा नै गएर ‘क’ वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।

स्थानीय सरकारभित्र रहेका अशक्त, असहाय तथा सेवाबाट बञ्चित रहेकाहरुको खोजतलास गरेर अपांगता परिचय पत्र वितरण लगायतका सेवा दिएको उपाध्यक्ष बमले बताइन् ।

Loading...