धनगढीको कपडा बैङ्कलाई समाजसेवी पाठक द्वारा ३३ थान कपडा सहयोग

अत्तरिया- धनगढीस्थित कपडा बैङ्कले नेपाली काँग्रेसका नेता एवं स्थानीय समाजसेवी डाक्टर लक्ष्मीराज पाठकले ३३ थान कपडा सहयोग गरेका छन् ।

गोदावरी नगरपालिका–६, बडेहा निवासी पाठकले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले उक्त कपडा सहयोग गरेका हुन्। कपडा बैङ्कलाई हस्तान्तरण गरिएको कपडाले आर्थिक अभावमा रहेका तथा आवश्यकता पर्ने व्यक्तिहरूलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

Navadurga sun

कपडा बैङ्क धनगढीमा सञ्चालनमा रहेको एक परोपकारी संस्था हो, जसले आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरूलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ । संस्थाले यसअघि पनि विभिन्न सहयोगी तथा दाताहरूको माध्यमबाट आवश्यक कपडाको जोहो गर्दै आएको छ ।

डाक्टर पाठकले अगाडि भने, सामाजिक कार्यमा सानो प्रयास पनि ठूलो परिवर्तन ल्याउन सक्छ । मैले कपडा सहयोग गरेर समाजमा सकारात्मक प्रभाव पार्न चाहेको छ ।’

सानो पुण्य कार्यले सबै असहाय दिन दुखीहरूका लागि महत्वपूर्ण हुने समेत उनले बताए । जुन यस संस्थाले विभिन्न दाताहरूबाट कपडा सङ्कलन गरेर जुन खालको कार्य गरेको छ यो शहारणीय कार्य रहेको उनले बताए ।

कपडा बैङ्कका प्रतिनिधिहरूले डाक्टर पाठकलाई धन्यवाद व्यक्त गर्दै अन्य दाताहरूलाई पनि सहयोगको लागि प्रेरित गर्न यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...