अत्तरियामा निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा आयोजना गरिएको १५ दिने आधारभूत कर्मकाण्ड प्रशिक्षणको समापन गरिएको छ । प्रतिभा सामुदायिक पुस्तकालय र नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समितिले संयुक्त रुपमा बैशाख ३ गते देखि आयोजना गरिएको निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो ।  

Navadurga sun
Godawari sandesh

पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री माननीय प्रकाश बहादुर बम रहनु भएको थियो । विशिष्ट अतिथिमा गोदावरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल तथा विश्व हिन्दु परिषद् सु.प.प्रदेश अध्यक्ष महेन्द्र पन्त रहनु भएको थियो । 

Dadeldhura hospital

नेपाल ज्योतिष परिषद् कैलाली, जिल्ला सह–सचिव पुष्पराज सुवेदीको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको कार्यक्रमको औचित्य माथि नेपाल ज्योतिष परिषद् कैलाली जिल्ला समिति अध्यक्ष एवम् कर्मकाण्ड प्रशिक्षक खगेन्द्रराज अवस्थीले प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा कैलाली, कञ्चनपुर र डोटी जिल्लाका विभिन्न स्थानबाट आएका ३२ जना प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । 

कार्यक्रममा यस पुस्तकालयका आजीवन सदस्य, दानदाता, पत्रकार, प्राध्यापक, शिक्षक, व्यापारी, बुद्धिजिवी, कर्मचारी, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सनातन धर्म संस्कृति संरक्षण संस्था नेपाल, अत्तरियाको तर्फबाट आकर्षक भजनहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गरेका थिए ।

Loading...