जय गोदावरी अभियान अन्तर्गत अत्तरियामा रक्तदान कार्यक्रम 

अत्तरिया- कैलालीको अत्तरियामा ‘जय गोदावरी’ अभियानअन्तर्गत एक दिवसीय रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘प्रेम स्मृति’ नाम दिइएको रक्तदान कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो । कार्यक्रमको उद्देश्य समुदायमा सामाजिक उत्तरदायित्वबारे जागरुकता फैलाउने र रक्तको अभावमा कोही पनि पीडित नहोउन् भन्ने सन्देश दिनु रहेको आयोजकहरूले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अभियानका संयोजक धिरेन बोगटीका अनुसार कार्यक्रममा ३९ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए । सहभागी मध्ये युवादेखि वृद्धसम्मको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी मध्ये कतिपयले पहिलो पटक रक्तदान गरेका थिए भने कतिपय नियमित रक्तदाता थिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. लक्ष्मीराज पाठक तथा डा. नर बहादुर मौनीको विशेष उपस्थिति रहेको थियो । उनीहरूले यस्ता कार्यक्रमहरू समाजको लागि अत्यन्त उपयोगी हुने भन्दै निरन्तरता दिनु पर्ने सुझाव दिएका थिए ।

अभियानले आगामी दिनमा अन्य सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू समेत सञ्चालन गर्ने जनाएको छ ।

Loading...