
धनगढी । धनगढीमा लागूऔषधसहित दुई किशोर र दुई किशोरी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।