कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकको मृत्यु

धनगढी- कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधवार दिउँसो से ५ प २६६० र सुदूरपश्चिम प्रदेश ०१०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से ५प २५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

Loading...