किशोरकिशोरी मैत्री बजेट निर्माण गर्न आग्रह

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका किशोरकिशोरीहरूले किशोरकिशोरी मैत्री बजेट निर्माण गर्न माग गरेका छन् ।

यार्डले बुधबार वडा नम्बर- ८ को कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा किशोरकिशोरीहरुले किशोरकिशोरीमैत्री बजेट निर्माण गर्न आग्रह गरेका हुन् ।

गोदावरी- ८ की नन्दनी चौधरीले किशोरकिशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाउनु आवश्यक हुने हुँदा विद्यालय तथा समुदायस्तरमा यस्ता कार्यक्रम गर्नुपर्ने बताइन् ।

उक्त कार्यक्रममा सहभागी रहेका विद्यालय, वडा तथा नगर स्तरीय बाल सञ्जालका सदस्यहरुले आफूहरुले बाल क्लबमार्फत कार्यक्रमहरु गर्ने योजना बनाउँदा बजेट नभएकै कारण स्थगित गर्नुपरेको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर- ८ का अध्यक्ष गोविन्द चौधरीले आफूले सबैक्षेत्रलाई समेटर आगामी आर्थिक वर्षका कार्यक्रमहरु निर्धारण गर्ने बताए ।

Loading...