कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । जिल्लाको लालझाडी गाउँपालिका–४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् ।

Dadeldhura hospital

राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साइकलसहित राना मृत भेटिएका बताए ।

Godawari sandesh
Navadurga sun

मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन् । मङ्गलवार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए ।

मृत भेटिएको स्थानमा साइकल सहित उनको माथिल्लो शरीरको कपडा थिएन ।

Loading...