संसदबाट पासका लागि कार्यसूचीमा राख्न र पारित गराउन प्रयासरत छु : एमाले सचिव भट्ट

अत्तरिया- नेकपा एमालेका सचिव लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक संसदबाट पारित गराउन पहल गरिरहेको दावी गरेका छन् । सोमबार प्रतिनिधिसभामा पेश गर्ने तयारी भए पनि विधेयक अन्तिम समयमा हटाइएको थियो । बुधवार संघर्ष समितिका पदाधिकारीसँगको छलफलमा भट्टले विधेयक पुनः कार्यसूचीमा राख्न र पारित गराउन प्रयासरत रहेको उनले दावी गरे ।

उनले विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँग आग्रह गरिएको जानकारी दिए । भट्टका अनुसार, विधेयक पारित भएपछि विश्वविद्यालय टिकाउ रूपमा सञ्चालनमा आउने र यहाँ बिरामी र विद्यार्थीको अभाव नहुने बताए ।

Dadeldhura hospital

साथै, उनले गेटा विश्वविद्यालयलाई यस वर्षको नीति तथा कार्यक्रममा समेट्न पनि पहल गरिरहेको बताए । भट्टले केही व्यक्तिहरू विश्वविद्यालयको स्थापना रोक्न षड्यन्त्रमा लागेका कारण समस्या आएको जिकिर गरे ।

गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले विधेयक पास गराउन क्षेत्रीय नेताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै संसदको प्रक्रिया पूरा गर्न माग गरे ।

स्मरण रहोस्, सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो, तर प्रतिनिधिसभामा पेश गर्नसमेत बाधा पुगेको छ ।

Loading...