डोटीमा हाईस दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाईते

डोटी । डोटीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्। मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Navadurga sun

साथै जिपमा सवार चालकसहित अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

डोटीको जोरायल गाउँपालिका–२ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०÷६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...