कञ्चनपुर- कञ्चनपुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका ९ स्थित जनजागरण सामुदायिक बनमा श्रीमान श्रीमती मृत फेला परेका हुन् ।


पुनर्वास नगरपालिका ९ ख गाउँका ६८ वर्षीय सगराम भुल र उनकी ६६ वर्षीय श्रीमती गगांदेवी भुल मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनीहरु दुवैजना रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
कञ्चनपुरका प्रहरी निरीक्षक झलक सर्माका अनुसार घरमा विवाद भएपछि बैशाख ११ गते उनीहरु ससुराली जाने भन्दै निस्किएका थिए । उनीहरु सम्पर्कमा नआएपछि आफन्तले प्रहरीलाई खोजतलासका लागी निवेदन दिएका थिए । उनीहरूको खोजतलासको क्रममा सोमबार साँझ मृत फेला परेका हुन् ।

