कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मन्त्री थापालाई

अत्तरिया- सुदूरपश्चिमको कार्य बाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले समालेका छन । आजबाट भारत भ्रमणमा गएका मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदा सम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन।

बजेट तयारीको सङ्घारमा भारतमा भ्रमणमा निस्केका शाहले यो बेला आफ्नो भारत भ्रमणले बजेट तयारीमा असर नपर्ने बताए । “कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मैले आर्थिक मन्त्रीलाई नै सुम्पेकाले बजेटको तयारीमा कुनै समस्या हुँदैन” उनले भने ।

Navadurga sun

भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज भारत प्रस्थान गर्दै छन । टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनऊमा बिताउने बताइएको छ ।

भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा सङ्घीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...