कैलालीका एसपी विष्टको सरुवा, राणा आउँदै

धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विष्टको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ सरुवा गरेको हो।

Dadeldhura hospital

उनको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणालाई कैलाली प्रहरीको प्रमुखका रुपमा पठाएको छ। राणा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुुसन्धान शाखा बनेपाबाट सरुवा भएका हुन्।

Godawari sandesh
Navadurga sun

करीब १३ महिना कैलाली प्रहरीको प्रमुख भएर काम गरेका विष्टले लागुऔषध दुव्र्यर्शनी, फरार प्रतिवादी पक्राउ, अवैध सामान बरामद लगायतमा रेकर्ड ब्रेक गरेका छन्।

 

Loading...