एक हजार बढी मोबाइल ब्यवसायी बैशाख २७ गते हेटौंडामा भेला हुँदै

अत्तरिया- बैशाख २७ गते देशभरका एक हजार बढी मोबाइल ब्यवसायी हेटौंडामा भेला हुँदै छन। नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभामा आउने प्रतिनिधिहरुको अहिले धमाधम रजिस्ट्रेसन जारी छ।

साधारणसभा सहभागिताका लागि एक जना प्रतिनिधिले रजिस्ट्रेसन, आवाससहित २५ सय शुल्क तोकिएको छ। उहाँहरूले अनलाइन मार्फतबाट नै आफ्नो प्रतिनिधित्व सुरक्षित गर्न सक्नुहुन्छ ।

उहाँहरुलाई एक रात आवास, खाजा र चार छाक खाना, कीट ब्यागको ब्यवस्था गरिएको छ भने प्रतिनिधिहरुलाई २६ गते साँझ सांगीतिक कार्यक्रममासमेत सहभागी गराइने छ। जहाँ स्थानीय कलाकारहरुसहितको प्रस्तुति हुनेछ।

udhok dadeldhura

साधारणसभा हुनुअघि देशभरबाट सहभागी ब्यवसायीहरुको स्वागतका लागि हेटौंडामा विषेश झाँकी र स्थानीय संस्कृति झल्काउने पदयात्रा हुनेछ। पदयात्रामा नेवा संस्कृति झल्किने झाँकी, खैजेडी भजन प्रस्तुत हुनेछ। स्थानीय भजन समूहले भजनमार्फत ब्यवसायीका समस्यालाई उजागर गर्ने काम पनि हुनेछ।

पदयात्रा साधारणसभा हुने दिन बैशाख २७ गते विहान ७ बजे हेटौंडाको हुप्राचौरबाट सुरु हुँदै शितलमहल चोक, पारिजात पथ, स्कुलरोड, बुद्ध चोक, कान्तिलोकपथ, उद्योग बाणिज्य संघ भएर रोयल प्यालेसमा गएर समापन हुनेछ।

पदयात्रामा स्थानीय ब्यवसायी, महासंघका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, देशभरका ब्यवसायीहरुको उपस्थिति हुनेछ । यस्तै विभिन्न २५ वटा वस्तुगत संघ संस्थाको पनि प्रतिनिधित्व रहनेछ।

नेपाल मोबाइल ब्यवसायी महासंघ मोबाइल ब्यवसायीहरुको छाता संगठन हो । एकातिर देशमा अहिले ब्यवसायीक वातावरण बिग्रदैं गैरहेको अवस्था छ भने अर्कोतिर मोबाइल ब्यवसायीहरु नीतिगत तथा कानुनी दायराको अभावमा दिनहुँ समस्यामा परिरहेका छन। यी यावत मुद्दामा ब्यवसायीको एउटै आवाज हेटौंडाबाट सार्वजनिक हुनेछ। त्यसकारण पनि हेटौंडा साधारणसभामा देशभरका सम्पुर्ण ब्यवसायीहरुलाई हामी सहभागिताका लागि अनुरोध गर्दछौं।

सुदुरपश्चिम् प्रदेश प्रथम उपाध्यक्ष गंगा प्रसाद निरौलाले जानकारी दिनुभयो ।

Loading...