धनगढी- नेपाली काँग्रेस, सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सवार गाडी भारतमा दुर्घटना भएको छ ।
भारतको खिरी जिल्लाको खुटारमा उनी सहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो । उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ । दुर्घटनामा घाईते भएका छ जना मध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो । तीन जनालाई धनगढी ल्याईदैछ ।


परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आइतबार बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो । उनीहरू सवार गाडी बस सँग ठोकिएको हो । गाडी पुरै क्षतिग्रस्त भएको छ ।
बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याककुचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरूले गाडी भित्रबाट शाह सहितका घाइतेहरूलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जाँदै थिए ।
गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ ।

