गोदावरी ४ मा सेनाद्वारा शंकास्पद वस्तु डिस्पोज

अत्तरिया- कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ । शनिबार गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Dadeldhura hospital

प्रहरीले शंकास्पद वस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवीदल गण तेघरीलाई खबर गरेको थियो ।

देवीदल गणबाट आएको बम डिस्पोजल टोलीले उक्त वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको पाइएको जनाएको छ । उक्त खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको छ ।

Loading...