डोटी- डोटीको रुवसकाँडामा ट्रक र मोटरसाइकल ठोकिएका छन । जिल्लाको जोरायल गाउँपालिका–२ रुवसकाँडामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५५४ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–००८ प ११ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय, डोटीले बैतडीबाट धनगढी आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोकिएका बताएको छ ।
बैतडीको पाटन नगरपालिका–१ सकारका ४२ वर्षीय गणेश भट्टराईले चलाएको ट्रक र बझाङको बित्थड चिर गाउँपालिका–१ डिलकन्दारका ४४ वर्षीय हरी बोहराले चलाएको मोटरसाइकल ठोकिएका हुन् ।
बोहराको शरीर तथा दुबै खुट्टामा चोट लागेको छ । स्थानीय छतिवन स्वास्थ्य चौकी, बुडरमा सामान्य उपचारपछि उनलाई धनगढी ल्याइएको छ । ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा छन् ।