अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दिव्या रोजिन एण्ड टरपेन्टाइन (लिसा कम्पनी) मा आगलागी भएको छ । शनिबार बिहान १० बजे उद्योगको खोटो संकलन ट्याङ्कीमा अचानक आगो लागेको हो ।



कम्पनीका स्टोर प्रमुख विष्णु देवकोटाका अनुसार मोटर सञ्चालनको क्रममा तार सर्ट भई आगलागी भएको छ । करिब १०–१५ मिनेटसम्म आगो बलिरहे पनि कर्मचारीहरूको तत्कालको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन सफल भएको जनाइएको छ ।
देवकोटाले प्रज्वलनशील पदार्थ भएको स्थानमा कम्पनीले पूर्व तयारी स्वरूप अग्नि नियन्त्रण उपकरणहरू राख्ने गरेको र कर्मचारीहरू एकजुट भएर अथक प्रयास गरेका कारण आगो फैलिन नपाएको बताए । नजिकै कर्मचारीहरू भएकाले ठूलो क्षति हुन नपाएको र ठूलो दुर्घटनाबाट जोगिएको जनाइएको छ ।