बाजुरा- बुढीगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

विगत केही दिन देखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।
त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा उनीहरु पितृ कार्य गरिरहेका थिए । ३२ वर्षीय अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेको तर नदीले बगाएपछि उनलाई बचाउन गएका गणेश नेपालीको डुबेर मृत्यु भएको हो ।
नदिमा डुबेर दीपक नेपाली र अञ्जली नेपाली गम्भीर घाइते भएकी छन् ।