कैलालीको गर्भामा नयाँ स्वास्थ्य केन्द्रको भवन उद्घाटन

धनगढी- कैलालीको चुरे गाउँपालिका–४ गर्भामा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको हस्तान्तरण तथा उद्घाटन गरिएको छ । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरेका हुन् ।

२०८१साउन १८ गतेबाट सुरु भएको स्वास्थ्य केन्द्रको भवन २०८२ वैशाख १० गते हस्तान्तरण गरिएको हो । एक करोड ११ लाख ९८ हजार नौ सय ८९ लागत रहेको भवनबाट गाउँपालिकाले स्वास्थ्य उपचार सेवा प्रवाह सुरु गरेको हो ।

udhok dadeldhura

चुरे गाउँपालिकाले नयाँ भवनको निर्माणसँगै गर्भा क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको गुणस्तरमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ । आम्दा माइन्ड्सका कार्यक्रम संयोजक प्रदिपराज पन्त, फाया नेपालका कार्यकारी निर्देशक शेर बहादुर वस्नेत र चुरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्ट लगायतको सहभागितामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको हो ।

जापान सरकार, परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग, आम्दा माईन्डसको नेतृत्व र फाया नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको बताइएको छ।

परियोजना मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रबद्र्धन अन्तर्गत सञ्चालनमा आएको हो । चुरे गाउँपालिकाको समन्वयमा फाया नेपालले कार्यक्रम कार्यान्वयन गरिएको छ ।

Loading...