कञ्चनपुर- वेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जनक विष्टको उपचारका क्रममा मृत्यु भएको छ । ४५ वर्षीय विष्ट बुधवार साँझ वेदकोट नगरपालिका–३ स्थित बेतकोट ताल नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेका थिए ।


स्थानीयवासीले जंगलमा अचेत अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पुर्याइएका थिए ।
अस्पतालमा भर्ना गरिएपनि उपचारका क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा विष सेवन गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।