इप्रका मालाखेतीका डिएसपी थापाको सरुवा, चन्द आउने

अत्तरिया- कैलालीको इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाको सरुवा भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयनुसार १२१ जना डीएसपी संगै थापाको पनि सरुवा गरिएको हो । थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा कास्की सरुवा गरिएको छ ।

Navadurga sun

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा धनगढी कैलालीमा सरुवा भएर आएका थापा काजमा इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत थिए । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत रण बहादुर चन्द आउने भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कबिन्द्र सिंह बोहराको ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य शाखा नक्साल काठमाण्डौका डीएसपी राज कुमार सिंह आउने भएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी उमेश जोशीको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय प्रशिक्षण व्यवस्थापन शाखा जर्गाह, पश्चिम नवलपरासी सरुवा भएको छ भने उनलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय नक्साल काठमाण्डौ पठाईएको छ ।

वैशाख महिना देखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरिएको जनाईएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...