वेदकोटका वडाध्यक्ष जनक बिष्ट बेहोस् अवस्थामा फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना वडाध्यक्ष बेहोस् अवस्थामा भेटिएका छन् ।

वेदकोट नगरपालिका ९ का वडाध्यक्ष जनक विष्ट बुधबार दिउँसो बेहोस् अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले वेदकोट तालमा बेहोस् अवस्थामा भेटिएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

उनका अनुसार उनको अवस्था स्थिर रहेको छ । विष्ट एममलेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Loading...