अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ को कार्यालय नजिक ४१ हजार रुपियाँ नगद बेवारिसे अवस्थामा भेटिएको छ ।


स्थानीय चक्र बहादुर बोहरा र बाह्रवन साझेदारी वन व्यवस्थापन समितिका निर्वतमान उपाध्यक्ष टेक बहादुर बुढाले बाटोमा बेवारिसे अवस्थामा ४१ हजार नगद फेला पारेका हुन् ।
उनीहरूले सो नगद वडा नम्बर ५ का वडा अध्यक्ष सुद्धिराम चौधरीलाई बुझाएका छन् ।
चौधरीले मोबाइल ९८४८४९४८७६ मा सम्पर्क गर्न र प्रमाण पुर्याएर लैजान नगद धनीलाई आग्रह गरेका छन् ।

