टीकापुरको जनशक्ति सामुदायिक वनमा मृत अवस्थामा पाटेबाघ फेला

धनगढी- कैलालीको टिकापुर नगरपालिका–२ मा रहेको जनशक्ति सामुदायिक वनमा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको बिचमा घना जङ्गलमा मृत अवस्थामा फेला परेको पोथी पाटेबाघको अगाडि भागको शरीरमा चोट देखा परेको छ ।

udhok dadeldhura

मृत पाटेबाघ १ सय ८० किलोग्राम तौल भएको, लम्बाइ १ सय ३ इन्च लम्बाइ, ४० इन्च चौडाइ र गोलाइ ५८ इन्च रहेको सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा आहारविहारको लागि आयको पोथी बाघ जङ्गलको बिच भागमा मरेको हुदा बाघ गहनाय पछि मात्र थाहा भएको हो । पोथी बाघ रहेकाले भाले बाघ सङ्ग विचरणको समयमा झगडाका कारण भालेको आक्रमणबाट मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको यादवले बताए ।

मृत बाघको पोस्टमार्टम गरिने छ । घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डाक्टर आयुष महर्जन लगायतको प्राविधिक टोली आएको छ ।

Loading...