एमाले कञ्चनपुरकी अध्यक्ष बुढा कारकाे ठक्करबाट घाइते

धनगढी- नेकपा एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा सवारी दुर्घटनामा परेकी छन् ।

बुढा सवार सुपप्र ०२००४ प २६९९ स्कुटरलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिकाकाे कलुवापुरमा शनिबार बिएई ०२९८ नम्बरकाे कारले पछाडिबाट ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक बिरबहादुर बाेहराले बुढा धनगढी तर्फ आइरहेको बेला उनी सवार स्कुटरलाई साेही दिशातर्फ आइरहेको कारले ठक्कर दिदा घाइते भएको बताए ।

बुढाकाे टाउको र दायाँ हातमा चाेट लागेकाे बताउदै प्रहरी निरीक्षक बाेहराले अहिले उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको बताए ।

कार र चालक धनगढी उपमहानगरपालिका-८ क्याम्पस चाेक बस्ने ४५ वर्यीय रामि बहादुर चाैधरीलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएकाे छ ।

Loading...