धनगढी- कैलालीमा बस र हायस ठोकिदा दुर्घटना भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा बस र हायर ठोकिएका हुन ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले सुदूरपश्चिम प्रदेश ०१–००१ ख ६३९७ नम्बरको बस र कर्णाली प्रदेश ००१ ज ०६३९ नम्बरको हायस ठोकिएका बताएको छ ।
कैलाली प्रहरीले गोदावरी नगरपालिकाको तेघरीका हायस चालक भुवन बहादुर महरासहित नौ जना घाइते भएका बताएको छ । उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचार हुँदैछ ।