छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

कञ्चनपुर- नौ वर्षीय प्रज्वल अगाडि छन् । उनकै काँधमा हात राखेर हिँडिरहेकी छिन्– यशोदा चौधरी । तिनकै धोतीको फेरो समातेर फलामे छड टेक्दै ४२ वर्षीय आशाराम चौधरी पछाडि–पछाडि सुस्त–सुस्त पाइला अगाडि बढाइरहेका देखिन्छन् ।

यशोदा र आशाराम दृष्टिविहीन दम्पती हुन् । उनीहरूलाई छोरा प्रज्वलले यसैगरी दिनहुँ डोर्‍याइरहेका हुन्छन् । बिहीबार दिउँसो महेन्द्रनगर बजारको व्यस्त मदन चोकनजिकै चौधरी दम्पतीले पिठ्यूँमा भिरेको झोलामा अगरबत्ती र धुप बोकेका थिए । नाबालक छोराको सहारामा अगरबत्ती र धुप बिक्री गर्न उनीहरू गाउँबजार डुलिरहेका हुन् ।

Navadurga sun

‘दुई वर्षदेखि अगरबत्ती बिक्री गरेरै गुजारा गरिरहेका छौं,’ आशारामले भने, ‘अहिले छोराको स्कुल बिदा भएकाले हामीलाई घुमाइरहेको छ, स्कुल सुरु भए त एक्लै हिँड्नुपर्छ ।’ चौधरी दम्पती दुई दिनदेखि महेन्द्रनगरमा अगरबत्ती बिक्री गरिरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँको चौधरी परिवार अगरबत्ती बिक्री गर्न कैलाली र कञ्चनपुरका ग्रामीण भेगदेखि बजारसम्म पुग्छन् ।

उनीहरू बुधबार धनगढीबाट महेन्द्रनगर आएका हुन् । उनीहरूकी छोरीको विवाह भीमदत्त नगरपालिका–६ ऐठपुरमा भएको छ । यशोदाका माइती पनि भीमदत्त–१२ ऐरीमा बस्छन् । ‘अहिले छोरीसँग भेटघाट पनि भयो, अगरबत्ती पनि बिक्री भयो,’ यशोदाले भनिन्, ‘एक–दुई दिन यतै बसेर बिक्री गर्छौं, त्यसपछि धनगढी फर्किन्छौं ।’

अगरबत्ती बिक्रीका लागि पहिलोपटक महेन्द्रनगर आएका उनीहरूले दुई दिनमा राम्रै व्यापार भएको सुनाए । धेरैले रुचाइरहेकाले केही दिन यही क्षेत्रमा व्यापार गर्ने योजना उनीहरूको छ । उनीहरूले बिक्री गर्ने अगरबत्ती र बाटेको धुप काठमाडौंबाट आउँछ । त्यही बिक्री गरेबापत उनीहरूले ३० प्रतिशत कमिसन पाउँछन् । सबै जना जुटेर दिनमा दुई–तीन हजारसम्म बिक्री भए ७/८ सयसम्म आम्दानी हुने चौधरी दम्पतीले सुनाए । ‘महिनामा २०र२५ हजार आम्दानी हुन्छ, त्यसैबाट हाम्रो सबै खर्च चलेको छ,’ आशारामले भने, ‘छोराको बिदा हुँदा त सजिलो हुन्छ, स्कुल चलेपछि गाह्रो हुन्छ ।’ उनीहरू दुवै जना जन्मजात दृष्टिविहीन हुन् ।

आशारामले दुई वर्षअघि पोखराबाट यो काम सुरु गरेका हुन् । त्यतिबेला उनी एक्लै पोखरामा अगरबत्ती बिक्रीको काम गर्थे । बिस्तारै काम सिक्दै गएपछि उनी काठमाडौंसमेत पुग्न थाले । उनले तीन–चार महिनाजति पोखरा र काठमाडौंमा काम गरे । त्यसपछि घर फर्केर यही काम गरिरहेका छन् । उनका एक छोरा र एक छोरी छन् । छोरीको एक वर्षअघि विवाह भइसकेको छ । छोरा प्रज्वल धनगढीमै कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

छोराको अध्ययनका लागि पनि आफूहरू अगरबत्ती बिक्री गर्न गाउँ–गाउँ डुलिरहेको र्चाध।प् दम्पतीले बताए । अगरबत्ती र बाटेको धुप बिक्रीको काम गर्नुअघि उनीहरूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताकै भरमा गुजारा गरिरहेका थिए । तर त्यसले मात्रै खान लाउन र अन्य खर्च चलाउन नसकेपछि उनीहरू जेनतेन डुलेरै भए पनि धुप बेच्ने काममा लागेका हुन् । कान्तिपुरबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...