

धनगढी- कैलालीको चिसापानी–कुइने सडक निर्माणका लागि ४७२ वटा रुख काट्न सम्झौता भएको छ । मंगलबार सङ्घीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग बिचमा सम्झौता भएको हो ।




सम्झौता पत्रमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्डको स्तरोन्नतिका लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा १० बमोजिम राष्ट्रिय वनको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्ने दिने भनिएको छ ।


उक्त सम्झौता वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको हो । सडकमा रहेका रुख कटानीको आदेश नभएकाले ७ किलोमिटर निर्माणको काम रोकिएको थियो । उक्त सडका निर्माणका लागि १२ करोड ८० लाख लागतमा दिव्यज्योती–शाही जेभीसँग २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो ।

