अत्तरियामा भेटिएको शवको पहिचान खुल्यो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा भेटिएको शवको पहिचान खुलेको छ ।

दुर्गा मन्दिरको पछाडि हत्या गरेको अवस्थामा फेला परेको शव डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ । घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Loading...