बुढोखोला खानेपानी संरक्षण तथा व्यवस्थापन समिति चुरे ६ को अध्यक्ष थापा, सचिवमा योगी

अत्तरिया- चुरे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर  साउदको अध्यक्षतामा बुढोखोला खानेपानी संरक्षण तथा व्यवस्थापन समिति चुरे ६ कैलालीको अध्यक्ष पदम बहादुर थापा सचिवमा नरेश नाथ योगी चयन भएका छन् । 

उपाध्यक्षमा पवन बहादुर थापा, कोषाध्यक्षमा सीता ठगुन्ना चयन भएका छन् । त्यस्तै सदस्यहरूमा  जित  बहादुर सारु, खडक बहादुर साउद, माया नाथ, दिल्सरी रजाली, नरेन्द्र ऐर चयन भएका हुन् । 

त्यस्तै सल्लाहकार समिती संयोजकमा दिल बहादुर ठाडा सदस्यहरूमा इस्वरी देबि साउद र पुष्कर राज भट्ट रहेका छन् । अनुगमन समिति संयोजकमा भगीराम सारु मगर सदस्यहरूमा चेत बहादुर साउद र हुकुम बहादुर सारु मगर रहेका छन् ।

Loading...