

कैलालीको कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्की–चुहा नगरपालिका–३ चिसापानी क्षेत्रको कर्णाली नदीमा ५२ वर्षीय पुरुषको शव फेला परेको हो ।




कैलाली प्रहरीले कर्णाली नदीमा बग्दै आएको पुरुषको शव फेला परेको बताएको छ । स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चिसापानी कर्णाली नदीबाट पुरुषको शव निकालेको छ ।


शव चार दिन पहिलाको जस्तो देखिएको प्रहरीले बताएको छ । कर्णाली नदीमा पानीको सतह बढेकाले पहाडी जिल्लाबाट पुरुषको शव बगेर आएको हुन सक्ने प्रहरीले बताएको छ । कालो रंगको कट्टु र खैरो रंगको सर्ट लगाएका उनको सनाखत भने भएको छैन ।

