

माध्यमिक शिक्षा परीक्षा (एसईई) अब नगर्ने सहमति जुटेको छ ।




विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलका क्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिअन्तर्गतको उपसमितिमा एसईई खारेज गर्ने सहमति बनेको हो।


समितिका अनुसार विद्यालय शिक्षालाई दुई तहमा विभाजन गरिनेछ—आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२)। कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछ भने माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत हुनेछ।यस अनुसार अब कक्षा १० को परीक्षा विद्यालयस्तरमै हुनेछ, र विद्यालय तहको अन्तिम राष्ट्रिय परीक्षा कक्षा १२ मा मात्र हुनेछ।

