सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी- सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बिहीवार साँझ सेती नदीमा डुबेर शिखर नगरपालिका–४ बनौली बस्ने १९ वर्षीय नरेश महरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Loading...