

अत्तरिया- कैलालीमा मिनिट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।




जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी टनकपुर नजिक पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको गौरीगंगा नगरपालिका–८ बस्ने ४५ वर्षीय अमर बमले चलाएको से ५ प ६९४४ नम्बरको मोटरसाईकल तेल सकिएर सडक छेउमा रोकी राखेको से १ ख १२६८ नम्बरको मिनिट्रकमा बुधवार साँझ ८ः४० बजे ठोक्किदा मोटरसाईकल चालक बम घाईते भएका थिए ।


घाईते भएका बमलाई घोडाघोडी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको राति ९ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मिनिट्रक, मिनिट्रकका चालक चुरे गाउँपालिका–५ बस्ने ३५ वर्षीय दिल्लीराज पुनमगर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

