हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु श्रीमान घाईते

अत्तरिया- कैलालीको जानकी गाउँपालिका वडा नम्बर ५ अमौरामा हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाईते भएका छन ।

प्रहरीका अनुसार सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले ठक्कर दिँदा साइकलमा सवार जानकी गाउँपालिका वडा नम्बर ५ की ४४ वर्षीया किहरु बडुवालको ज्यान गएको हो ।

साइकल चलाईरहेका मृतकका श्रीमान ५५ वर्षीय मान बहादुर बडुवाल घाईते रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए । उनका अनुसार घाईते बडुवालको नेपालगञ्जमा उपचार भैरहेको छ ।

टीकापुरबाट लम्कीतर्फ गैरहेको हाइस गाडीले साइकलमा लम्कीतर्फै गैरहेका दम्पत्तीलाई ठक्कर दिएपछि आज दुर्घटना भएको जनाएको छ । गाडीलाई प्रहरीले नियन्त्रणमा लगेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

Loading...