सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा माधव बिष्ट सर्वसम्मत चयन

धनगढी- सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल (Cultural Study & Research Council Nepal) सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ । उक्त भेलाबाट बरिष्ठ डेउडा कलाकार तथा मौलिक लोकसंस्कृति संरक्षण अभियन्ता माधब बिष्ट “श्रीकाेटि” प्रदेश अध्यक्ष मा सर्वसम्मत चयन भएका छन ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

हिजाे मंगलवार धनगढीमा सम्पन्न बाैद्धिक तथा सांस्कृतिक क्षेत्रका श्रष्ठा एवं विभिन्न बिधाका बरिष्ठ कलाकर्मि,साहित्यकार, लेखक लगायतको सहभागिता रहेकाे भेला, याे क्षेत्रकै अग्रज बरिष्ठ कलाकार  नरेन्द्र राज रेग्मीकाे अध्यक्षता मा संचालन भएकाे थियाे भने केन्द्रीय प्रतिनिधि मनाेज धामी, सुदूरपश्चिम विश्व बिद्यालय का प्राध्यापक संस्कृतिबिद प्रा हरि कृष्ण कडायत,कैलाली बहुमुखि क्याम्पस का सह प्राध्याप साहित्यकार एबं लेखब मान सिह धामी, बरिष्ठ कलाकार हरु माधब बि्ष्ट, दिर्ध फुलारा, डिक्रा बादि, शुरज शाह, टेक ऐर, साैगात ओझा, केपि कलाैनि, भिम थापा, सुरेन्द् संगम, सरस्वती धामी, लगायत का धेरै कलाकर्मिहरुकाे सक्रिय सहभागिता रहेको थियाे ।

Dadeldhura hospital

माैलिक कला संस्कृति, भांषा साहित्यकाे संरक्षण सम्वर्द्धन तथा जगेर्ना गर्दै लाेक संस्कृति का विभिन्न बिधाकाे पहिचान, उत्थान, बिकास र प्रबर्द्धन गर्नुका साथै साे बिषयमा खाेज अनुसन्धान अध्ययन एब प्रकासन र प्रचार प्रसार तथा श्रष्ठासास्कृतिक सम्पत्ति हरुकाे सम्मान र अभिलेखि करण समेत गर्ने उद्देश्य का साथ २०८० मा स्थापना भएकाे यस सस्थाकाे केन्द्रीय नेतृत्व मा बरिष्ठ कलाकार हरु बम बहादुर कार्कि, बिष्णु खत्रि, राजु परियार बैकुण्ठ महत, प्राज्ञ टीका पुन लगायत का बहुचर्चित गायक, सर्जक, साहित्यकार, लेखक एबं संगितकार, बाध्यबाधक श्रष्ठाहरु रहनु भएकाे छ ।

सुदूरपश्चिम प्रदेश काे धनगढीमा हिजाे २६ गते सम्पन्न भेला ले बरिष्ट कलाकार एवं लाेकसंस्कृति कर्मि  माधब बिष्ट “श्रीकाेटि” काे नेतृत्वमा मा बरिष्ठ कलाकार दिर्घ राज फुलारा, बरिष्ठ गायिका डिक्रा बादि,  बरिष्ठ नृत्य निर्देशक सुरज शाह, लाेक संस्कृतिबिद  प्रा. हरि कृष्ण कडायत, लेखक/साहित्यकार प्रा. मान सिह धामी ,चर्चित कलाकारहरु सरस्वती धामी, सुरेन्द्र संगम , केपि कलाैनि लगायत रहेकाे १३ सदसिय प्रदेश समिति गठन गरेको छ । 

लामाे समय देखि निरन्तर कला संगितमा खटिरहेका क्षेत्रकै अग्रज एबं बरिष्ठ कलाकार नरेन्द्र राज रेग्मीकाे संयोजकत्वमासदसिय सल्लाहकार समिति समेत गठन गर्दै सम्पन्न भेलाले चांडै यश प्रदेश का सबै जिल्ला मा पनि संगठन बिस्तार र कलासंस्कृति संरक्षण का कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेकाे छ । 

Loading...