काठमाडाैँ महानगरका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान शुरू गरेको छ ।

महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको योजना कामपा सहरी आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

Navadurga sun

शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत कामपाको  शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको झाले बताए ।

“प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकास अन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि कामपाले लगानी बढाएको छ,” सदस्य झाले भने “विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ ।”

उनका अनुसार बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।

कक्षाकोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन । महानगरले हरेक शुक्रबार पुस्तक रहित कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलाप सम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी समेत गरेको छ ।

शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने शहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलले बताए। पुस्तकरहित शुक्रबारमा २५ वटा विषय राखिएका छन्। यी हरेक विषयलाई एउटा उपसमूह मान्ने गरिएको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...