एकीकृत समाजवादी सुदूरपश्चिमको अध्यक्षमा खड्का

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ प्रदेश कमिटी चयन गरेको हो। अध्यक्षमा चयन भएका खड्कासहित विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका छन्।

खड्का नेतृत्वको कमिटी धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई उपाध्यक्षमा चयन गरिएको छ। यस्तै सचिवमा सुरेन्द्रमान कार्की चयन भएका छन् भने उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्।

Navadurga sun

नवनिर्वाचित अध्यक्ष खड्काले पार्टीको संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...