

अत्तरिया- कैलालीकाे चुरे गाउँपालिका ६ मा ५ दिने उद्घोषण तालिम सुरु भएकाे छ । चुरे युवा क्लबको आयोजना र चुरे गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग मा ५ दिने उद्घोषण तालिम सुरु भएको हो ।






क्लबका उपाध्यक्ष ओम बहादुर थापा को सभापतित्वमा सुरु भएको तालिममा प्रमुख अथिती वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए । त्यस्तै विशिष्ट अथितीमा वडा सदस्य मान बहादुर साउद, इप्रका फल्टुडे का कार्यालय प्रमुख दिपक बिष्ट र भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक भत्त बहादुर ऐर रहेका थिए ।
स्वागत मन्तव्य क्लब की कोषाध्यक्ष निर्मला रावतले गरेकी थिइन भने कार्यक्रम संचालन नरेश नाथ याेगीले गरेका थिए । उक्त तालिमको उद्घाटन सत्रमा वडाका कर्मचारी, क्लबका पदाधिकारी तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, महिला सञ्जालका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

