

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ आज हुँदै छ । कैलालीको धनगढी रंगशालामा बेलुका ५ बजेदेखि अवार्ड कार्यक्रम सुरु हुने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।




धनगढी रंगशालमा गएर प्रत्यक्ष रुपमा अवार्ड कार्यक्रम हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने छ । टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ ।


आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।

