शुक्लाफाँटाको कोर एरियामा छाडियो बाघ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाबाट नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।नियन्त्रणमा लिएको दुई दिनपछि सोमबार मध्यराति निकुञ्जको कोर एरियामा छाडिएको हो ।

‘चिडियाखाना र उद्धार केन्द्र कतै पनि बाघ राख्न ठाउँ खाली भेटिएन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले भने, ‘दुई दिनसम्म प्रयास गर्‍यौं, कहिँ ठाउँ नपाइएपछि निकुञ्जमै छाडने निष्कर्षमा पुग्यौं ।’

Navadurga sun

शनिबार बिहानै टेडुवाको गहुँबारीमा वयस्क भाले बाघ देखिएको थियो । उक्त बाघलाई दोस्रो दिन आइतबार डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । त्यसपछि फलामको पिँजडाभित्र डिभिजन वन कार्यालयमै राखियो ।

दुई दिनसम्म पिँजडामै आहारासमेत नखाएको बाघलाई निकुञ्जमा छाड्दा फेरि बस्तीमा पसेर जोखिमसमेत हुन सक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

‘बाघ वयस्क छ, घाइते पनि छैन, बस्तीमा पसेर कसैमाथि आक्रमण पनि गरेको छैन,’ ठाकुरले भने, ‘त्यही भएर फेरि प्राकृतिक वासस्थानमै छाडिएको हो ।’

आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...