नेकपा एमालेले निकाल्यो बृहत मोटरसाइकल र्याली

अत्तरिया- नेकपा ( एमाले) कैलालीले बृहत मोटरसाइकल र्याली निकालेको छ । राजाबादीहरुका पछिल्ला कदम विरुद्ध केन्द्रको कार्यक्रम अनुसार र्याली निकालिएको हो ।

अत्तरिया देखि शुरु भएको र्याली ६ लेन सडक हुँदै धनगढी क्याम्पस रोड भएर चौराहा पुगेर समापन भएको थियो । र्याली शुरु हुनुपूर्व जिल्ला भरका अगुवा नेता कार्यकर्ताहरू अत्तरियामा जम्मा भएका थिए ।

र्यालीमा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी लगायतका नेताहरू सहभागी रहेको थियो । सहभागीहरूले राजतन्त्रको विरुद्धमा चर्को नाराबाजी समेत गरेका थिए ।

र्याली पछि पत्रकारहरु संग कुराकानी गर्दै केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले लोकतान्त्रिक गणतन्त्र विरुद्ध सडकमा आउनेहरुको प्रतिकार गर्न एमाले सक्षम छ भन्ने पुष्टि भएको दाबी गरे ।  

भट्टले गणतन्त्र विरोधीले शनिबार गरेको हिंसात्मक आन्दोलनमा संलग्न दोषीलाई सरकारले संविधान बमोजिम कारवाही गर्नु पर्ने जिकिर समेत गरेका हुन् । त्यस्तै एमालेले  चैत २९  गते कैलाली कञ्चनपुर स्तरीय संयुक्त सभा समेत गर्ने जनाएको छ । 

Loading...