पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री शाहलाई महासंघले बुझायो ज्ञापनपत्र

धनगढी- पत्रकारको हत्या र मिडिया माथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री कमल बहादुर शालाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ भने उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन समेत माग गरेको छ ।

महासंघको प्रदेश कार्यालयले आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले मुख्यमन्त्री शाहलाई ज्ञापन बुझाएका हुन् ।

Loading...