सुदूरपश्चिमका पूर्वमन्त्रीको ‘अडियोकाण्ड’ पार्टीले छानबिन गर्ने

अत्तरिया-  नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मण किशोर चौधरीले विवादित अडियो प्रकरणपछि राजीनामा दिएका छन् । आर्थिक चलखेलको सङ्केत देखिने अडियो सार्वजनिक भएपछि पार्टीले घटनाप्रति चासो देखाएको छ । उसो त पार्टी नै सो प्रकरणमा जोडिएको छ ।

तथापि हाललाई तत्कालीन मन्त्री चौधरीले राजीनामा दिएका छन् । उनले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आफू अनुकूल बनाएर ठूलो आर्थिक लाभ लिने उद्देश्यले काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

Navadurga sun

अडियोमा आर्थिक चलखेलको संकेत देखिएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । निर्देशनपछि चौधरीले शनिबार राजीनामा दिएका हुन् । यद्यपि सो अडियोअनुसार जसमा मुख्यमन्त्री पनि दोषी देखिन्छन्।

यसबीच चौधरीले राजीनामा दिएको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षक रेशम चौधरी, संसदीय दलका नेता गङ्गा चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री अरुण चौधरी धनगढी पुगेका थिए । त्यसपछि बैठक बसेकोमा विवादित अडियो र मन्त्रीको अवस्थाबारे छलफल भएको थियो । मन्त्री चौधरी भने स्वास्थ्य समस्याका कारण बैठकमा अनुपस्थित रहे । पार्टीका अधिकांश सांसदहरूले अडियो प्रकरणबारे स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् ।

बैठकले संसदीय दललाई अडियो प्रकरणको छानबिन गर्ने जिम्मा दिएको छ । छानबिन समितिको संयोजक रामलाल डगौरालाई बनाइएको छ । डगौराले अडियो रेकर्डबारे सत्यतथ्य पत्ता लगाएर दोषी ठहरे कारबाही गरिने बताएका छन् ।

सांसदहरूले विवादित अडियोको सत्यता सार्वजनिक हुनुपर्ने माग गर्दै मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएकोमा केहीले प्रशंसा पनि गरेका थिए ।

लक्ष्मण किशोर चौधरीको राजीनामापछि नागरिक उन्मुक्ति पार्टीबाट नयाँ मन्त्री को हुने भन्ने विषयमा सामान्य छलफल भएको छ। तर, यसको निर्णय केन्द्रीय समितिले गर्ने बताइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...