



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवलशमशेर राणालाई ५ दिन म्याद थप गरिएको छ ।


काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्र र राणालाई थप ५ दिन थुनामा राख्न म्याद थप गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले भने १५ दिन म्याद मागेको थियो ।

