अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता

काठमाडौं- नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ । आईतबार बिहान पुरातत्व विभागले मूर्तिहरूलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

यी मध्ये तीनवटा पौवा चित्रहरु (१५-१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौं स्थित इटुम्बहालबाट वि.स. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति वान (१२–१३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९-१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगेपनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताउनु भयो ।

अब नेपालबाट मूर्तिहरू चोर्ने कुचेष्ठा गर्न नसक्ने बताउनु भयो । विगतमा गएका चिजहरु अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गर्नुभयो । विगतमा यस्ता किसिमका सम्पतीहरु कसरी गए ? भन्दै प्रश्न गर्नु भयो ।

अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताउनु भयो । मूर्तिहरु प्रतिस्थापनका लागि आफूहरु प्रतिवद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गर्नुभयो । स्थानीय सरकारहरु आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गर्नुभयो । आस्थाका धरोहरहरु विगतमा हराएका ठाउँमै प्रतिस्थापन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

अहिले सम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरू तथा कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरूबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरूको संख्या १०४ पुगेको छ ।

Loading...